वि=स= २०४० साल अघि सल्यान वन डिभिजन कार्यालय अन्तर्गत मुसिकोट रेञ्ज कार्यालयले यस जिल्लामा वन संरक्षण तथा विकास सम्बन्धि काम कारवाही गरिरहेकोमा २०४० सालमा गरिएको संगठनात्मक परिवर्तन पश्चात यस जिल्लामा जिल्ला वन कार्यालयको स्थापना हुन गयो । पुनः वि.स. २०५० सालमा वन विभागको संगठनमा गरिएको परिवर्तन अनुसार यो जिल्ला “ङ” वर्गमा राखिएको थियो जस अन्तरगत ८ वटा ईलाका वन कार्यालयहरु रहेका थिए भने हाल साविकको रुकुम जिल्ला दूई भागमा बिभाजन भई रुकुम पूर्व जिल्ला कार्यक्षेत्र रहेको यो कार्यालय प्रदेश सरकार, लुम्बिनी प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत रुकुम पूर्व जिल्लाको डिभिजन वन कार्यालयको रुपमा स्थापना भई कार्य सञ्चालनमा रहेको छ । हालको स्वीकृत दरवन्दी अनुसार कर्मचारीको दरवन्दि संख्या ३४ जना रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल १,१३,५२३ हेक्टर रहेको छ जस मध्ये वन क्षेत्र ५६,३८३ हेक्टर र चरन तथा नाङ्गो भिरपाखा क्षेत्र ३४,०५६ हेक्टर रहेको छ । नेपालको संविधान २०७२ अनुसार राज्यको पुर्नसंरचनाको क्रममा प्रदेश सरकार, लुम्बिनी प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय रुकुम पूर्व को रुपमा स्थापना भई २०७५ कार्तिक देखि विधिवत रुपमा रुकुमकोट, टाकुरामा कार्यालय उद्घाटन भई वन जंगलको संरक्षण, सम्बद्र्धन र विकास कार्यहरु सञ्चालन भई राखेका छ । हालको संघिय संरचना अनुसार साविकका रुकुमको पुर्वका १६ वटा गा=वि=स= रन्मामैकोट, हुकाम, जाङ, तकसेरा, कोल, राङसी, काँक्री, मोरावाङ, काँडा, महत, रुकुमकोट, चुनवाङ, सिस्ने, प्वाङ, पोखरा र स्यालापाखा लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला अन्तरगत सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिका गरी जम्मा ३ वटा गाउँपालिका रहेका छन् भने सिस्ने गाउँपालिका कार्यक्षेत्र रहेको सिस्ने, भूमे गाउँपालिका कार्यक्षेत्र रहेको भूमे, पुथाउत्तरगंगा गा=पा को वडा नं ७–१४ कार्यक्षेत्र रहेको कोल र पुथाउत्तरगंगा गा.पा.को वडा नं.१–६ कार्यक्षेत्र रहेको हुकाम मैकोट सव–डिभिजन कार्यालय गरी जम्मा ४ सव डिभिजन वन कार्यालयबाट फिल्ड स्तरमा सेवा प्रवाह भई रहेको छ ।
क ) डिभिजन वन कार्यालय अन्तर्गतको समग्र वन क्षेत्रको संरक्षण
,विकास र सदुपयोग सम्बन्धी एन ,नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वन गर्ने .
ख ) वन विकास सम्बन्धी डिभिजनस्तरीय योजना तर्जुमा एव कार्यान्वन गर्ने .
ग ) निजि वन र कृषि वन वाली विकास एव व्यवस्था गर्न सरोकारहरुलाई आवश्यक प्राबिधिक सुझाव सल्ला दिने .
घ ) सार्बसाधारण लागि वन सम्पदा सम्बन्ध जानकारी उपलब्ध गराउने .
ङ)प्रचलित नीति एव कानुन वमोजिम यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गतको वनको समुदायमा आधारित वन व्येवास्थापन प्रणालीको माध्यमद्वारा दिगो व्यवस्थापन गर्ने गराउने.
च) काष्ठ एब गैरकाष्ठ वन पैदावारहरुको विक्षरोपण तथा खेती विस्तार प्रबर्द्वन गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने |
छ ) जैविक विविधता एवं वातावरण संरक्षणको भुक्षय नियनत्रण कार्यमा समेत सहयोग तथा समन्वय
गर्ने |
ज) वनको संरक्षण, विकास र सदुपयोगद्वारा वनपैदावारको आपूर्ति गरी स्थानीय, प्रादेशिक तथा राष्ट्रिय आर्थिक विकासमा सहयोग गर्ने |
झ) जिल्ला / डिभिजनस्तरीय सरकारी र गैरसरकरी संघसंस्था, स्थानीय निकायहरु तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने |
ञ) वन संरक्षण, विकास र सदुपयोग कार्यद्वारा रोजगारीका अवसर उपलब्ध गराउने |
ट) वनक्षेत्रको सुशासन कायम गर्ने|